सिरहा-सशस्त्र प्रहरीले सिरहाबाट ११० किलो ७६० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार राति करिब १ः३५ बजे औरही गाउँपालिका–१, दरैया इलाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको १५ जनाको टोलीले नेपालबाट भारततर्फ टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजा तौल गर्दा ११० किलो ७६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा औरही गाउँपालिका–२ देउरीपट्टीका ४३ वर्षीय मिश्रीलाल सदाय, सोही स्थानका ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन्।
उनीहरूको साथबाट तीन थान मोबाइल फोनसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया