अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्धका उजुरी खोल्ने

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्धका उजुरी खोल्ने


काठमाडौँ-विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै छ। त्यसका लागि संसदीय सुनुवाइ समिति(संयुक्त)को बैठक बस्दैछ । 

बैठकमा प्रस्तावित राजदूतमाथि परेका उजुरी खोलेर सुनुवाइ समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिने छ। 

समितिका अनुसार प्रस्तावित १३ जना राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेका छन् जसमध्ये एउटा गोप्य छ भने अरू ‘कमन’ अर्थात सवैविरुद्ध रहेको बताइएको छ । त्यसबाहेक प्रस्तावित राजदूतहरूका कार्ययोजनाहरू समेत समिति सदस्यहरूलाई वितरण गरिने समितिका सचिव तुलबहादुर कँडेलले जानकारी दिए। 

समितिले प्रस्तावित राजदूतहरूलाई यसअघि नै कार्ययोजना पेस गर्न भनेअनुसार कार्ययोजनाहरु प्राप्त भएको समितिले जनाएको छ । 

यसअघि मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका लागि राजदूतहरूको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार भारतमा डा. निश्चलनाथ पाण्डे, चीनमा डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकामा चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) मा पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणा सिफारिस भएका थिए । 

जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरेको थियो ।