अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता


काठमाडौं-नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत नवसिर्जित वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

राजधानीस्थित राष्ट्रिय सभागृहमा मंगलबार जारी मनोनयन दर्ता प्रक्रियाका क्रममा शर्माले वारेस पुष्पराज पौड्यालमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

शर्माको उम्मेदवारीका प्रस्तावकमा उद्धव थापा र केदार भण्डारी रहेका छन् भने समर्थकमा सुधीर सिवाकोटी र देनुकुमार थेवे रहेका छन्।

कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो। सोही व्यवस्थाअनुसार १५औँ महाधिवेशनबाट उक्त पदमा पहिलोपटक निर्वाचन हुन लागेको हो।

कांग्रेसको केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। वरिष्ठ उपसभापति पदका लागि शर्माको उम्मेदवारीसँगै महाधिवेशनको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।