अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन: अहिलेसम्म कुन पदमा कसले दिए उम्मेदवारी ?

कांग्रेस महाधिवेशन: अहिलेसम्म कुन पदमा कसले दिए उम्मेदवारी ?


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार राष्ट्रिय सभागृहमा मनोनयन दर्ता जारी छ। निर्वाचन समितिले पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराइरहेको छ।

अहिलेसम्म प्राप्त विवरणअनुसार सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिका अर्का आकांक्षी गगनकुमार थापा र किशोरसिंह राठौरले भने समाचार तयार पार्दासम्म मनोनयन दर्ता गरेका छैनन्।

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले वारेस पुष्पराज पौड्यालमार्फत उम्मेदवारी दर्ता गराएका छन्।

उपसभापति पदतर्फ खुला, महिला तथा समावेशी समूहमा विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन् भने महामन्त्री र सहमहामन्त्री पदमा पनि आकांक्षीहरूको उल्लेख्य प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म दर्ता भएका उम्मेदवारी

सभापति

  • श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति

  • विश्वप्रकाश शर्मा

उपसभापति (खुला)

  • डा. चन्द्रमोहन यादव
  • सुरेन्द्र पाण्डे
  • डा. मिनेन्द्र रिजाल
  • गोविन्द भट्टराई
  • देवराज चालिसे
  • मधुप्रसाद आचार्य
  • धनराज गुरुङ
  • दीपक गिरी

उपसभापति (महिला)

  • पुष्पा भुसाल

उपसभापति (समावेशी)

  • विनोद चौधरी
  • फरमुल्लाह मन्सुर
  • जीवन परियार

महामन्त्री (महिला)

  • डिला संग्रौला
  • रीता खनाल
  • महालक्ष्मी उपाध्याय ‘डीना’

महामन्त्री (खुला)

  • शंकर तिवारी
  • सुनील शर्मा
  • नैनसिंह महर
  • प्रदीप पौडेल
  • गुरुराज घिमिरे
  • अमरसिंह पुन

सहमहामन्त्री (महिला)

  • प्रतिमा गौतम

सहमहामन्त्री (खुला)

  • देवेन्द्रराज कँडेल
  • रामहरि खतिवडा
  • डिल्लीराम सुवेदी

सहमहामन्त्री (पिछडिएको क्षेत्र)

  • जीवनबहादुर शाही
  • मीन भाम

सहमहामन्त्री (खस–आर्य)

  • मनोजमणि आचार्य
  • अजयबाबु शिवाकोटी
  • जगदीश्वरनरसिंह केसी

सहमहामन्त्री (आदिवासी जनजाति)

  • बहादुरसिंह लामा

सहमहामन्त्री (थारु)

  • तेजुलाल चौधरी

सहमहामन्त्री (अल्पसंख्यक)

  • आङगेलु शेर्पा

सहमहामन्त्री (मुस्लिम)

  • अब्दुल सत्तार

सहमहामन्त्री (मधेशी)

  • अभिषेक प्रताप शाह

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको प्रक्रिया जारी रहेकाले उम्मेदवारहरूको संख्या थपिने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ।