मकवानपुर-मकवानपुरको भीमफेदी गाउँपालिका-६, चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुबाहक विद्युतीय (इभी) गाडी दुर्घटनामा परेको छ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंमबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुबाहक इभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनाका बेला गाडीमा चालकसहित १३ देखि १४ जना सवार थिए। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ।
मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमान्डमा तीनवटै सुरक्षा निकायका ४८ जना सुरक्षाकर्मी उद्धार कार्यमा परिचालित भएका छन्।
दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया