अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश


काठमाडौं-लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

त्यस्तै, नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्षलाई आगामी १४ गते उपस्थित हुन भनेको छ ।

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाविपरीत आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरिएको जिकिर गर्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले सर्वोच्चमा रिट दायर गरेको थियो ।

अभियानका तर्फबाट संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्।