अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन निकुञ्जमा शङ्करप्रसाद हात्तीको मृत्यु

चितवन निकुञ्जमा शङ्करप्रसाद हात्तीको मृत्यु

appharu
0
Shares

चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन्। निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ।

यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए।

हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताए।

चालु आव २०७७/७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताए।

यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो।

योसँगै चालु आव २०७७/७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताए।