अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

appharu
0
Shares

काठमाडौं । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकोले हाल देशभर मौसम सामान्यतया सफा रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने बिहान हुस्सु लागेको छ । यो क्रम हट्दै जाने मौसमविद्ले जानकारी दिएका छन् । न्यूनतम तापक्रम बिहान २.७ डिग्री सेल्सियस रहेको थियो ।

अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहन सक्ने श्रेष्ठले बताए । भिजिबिलिटी ४ किलोमिटर रहेको छ । सोमबार कतै वर्षा हुने छैन ।

यसअघि आइतबार ताप्लेजुङमा ३.५ तथा लुम्लेमा ०.६ मिलिमिटर वर्षा भएको थियो । जुम्लामा सबैभन्दा कम माइनस ३.५ डिग्री सेल्सियस तापक्रम रह्यो । काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको थियो ।

दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

चिसो अझै रहिरहने तथा तराईका भू–भागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मुलुकभर चिसो यथावत् रहेकाले यसबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सबैमा आग्रह गरेका छन् ।

आज बिहान ६ बजे ३ दिनको मौसम अनुमानसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको हो ।

जसमा लेखिएको छ, ‘चिसो अझै रहिरहने तथा तराईका भू–भागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

मौसमविद् समीर श्रेष्ठका अनुसार आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ । हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री थियो ।

महाशाखाको मापनकेन्द्र रहेका स्थानमध्ये सबैभन्दा कम तापक्रम जुम्ला र दोलखाको जिरीमा देखिएको छ । ती दुवै स्थानमा आइतबार न्यूनतम तापक्रम समान माइनस ३ दशमलव ५ छ ।

त्यसपछि दशेभरमा सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा छ । आइतबारको मापनअनुसार त्यहाँ न्यूनतम तापक्रम माइनस २ दशमलव ५ छ ।

काठमाडौं उपत्यका बाहेक अन्य स्थानको आजको अपडेट भने बिहान पौने ९ बजे मात्र आइपुग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने देशभर मौसम सामान्यतया सफा छ ।