अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाश ओझा र हाउडे मायाको ‘तेरो बाउ’ सार्वजनिक

प्रकाश ओझा र हाउडे मायाको ‘तेरो बाउ’ सार्वजनिक


काठमाडौं- प्रकाश ओझा र सिर्जना खत्री ‘हाउडे माया’को स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘तेरो बाउ’ शीर्षक यो गीतको शब्द संगीत पनि ओझाले नै तयार गर्नु भएको हो । र्‍याप शब्द भने सिर्जनाले लेख्नु भएको हो ।

पाको उमेरमा पुरुषहरू युवतीको जालमा फसेपछि जिन्दगी बर्बाद बनेको कुरालाई ब्यङ्ग्यात्मक रूपमा गीतको भिडियोमा पस्किएको छ ।

भिडियोमा ओझा र सिर्जना दुवै फिचर्ड हुनु भएको छ । वसन्त निरौलाले निर्देशन गर्नुभएको भिडियोमा रामशरण जंगमलाई पनि देख्न सकिन्छ ।

दिव्यराज सुवेदीले छायांकन गर्नुभएको भिडियोमा सम्पादनको काम सुप्रिम पराजुलीले गर्नुभएको छ । भिडियोलाई ओएसआरले निर्माण गरेको हो ।