काठमाडौं-सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ।
घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उपचारकै क्रममा मंगलबार घाइते रवीन्द्र मेहता (२२ वर्ष) को मृत्यु भएको हो। त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। उनको शरीरमा गोली लागेको थियो। स्वास्थ्य स्थिति जटिल भएका कारण गोली निकालिएको थिएन।
हिन्दु र मुस्लिम दुई पक्षबिच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो। अर्का एक युवाको सिराहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।
योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


प्रतिक्रिया