अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई मनिष झाको सन्देश: सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ

प्रधानमन्त्रीलाई मनिष झाको सन्देश: सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्ने आशयको पोस्ट गरेपछि सांसद झाले फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै परिवर्तनका लागि जनादेश पाएको सरकारमा आफूहरू सबै साथमा रहेको बताएका हुन्।

यसअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन आग्रह गरेका थिए। आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै उनले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो पटक नभएको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सन्दर्भमा झाले परिवर्तनका लागि महान् जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको स्पष्ट पारे। आफूहरू सबै सरकारको साथमा रहेको उनको भनाइ छ।

सांसद झाले सदनमा आफूले बताएझैँ सरकारको नियत र आशयमा कुनै शङ्का नरहेको पनि उल्लेख गरेका छन्। यद्यपि, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने केही पक्ष रहेको उनको भनाइ छ।

ऐतिहासिक अवसर खेर जान नदिन आफूहरू सजग र सचेत गराउने भूमिकामा निरन्तर रहने झाले बताएका छन्। जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने उल्लेख गर्दै उनले आफू सरकारको साथमा रहेको दोहोर्‍याएका छन्।

उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘यहाँ कोही पनि एक्लो छैन’ भन्ने सन्देश दिएका छन्।