अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवीना र सन्देशको ‘हावा डाँडैमा’ सार्वजनिक

रवीना र सन्देशको ‘हावा डाँडैमा’ सार्वजनिक


काठमाडौं- रवीना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ आज सार्वजनिक भएको छ । गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य, सङ्गीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरिङ कुमार सानु, रेकर्डिङ सागर पुनले गर्नुभएको छ ।

डिएआर मुभिजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ भने सञ्जिव स्वयं र करिश्मा ढकालको अभिनय छ ।

प्रकाश खड्का छायाङ्कन रहेको गीत राजकुमार मगरले सम्पादन गर्नुभएको हो । गायिका रविनाले चाडपर्व, मेला महोत्सवमा गाउन मिल्ने शैलीमा गीत तयार पारिएको बताउनुभयो ।