अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास


कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । चर्चाको २५ वर्षपछि औद्योगिक क्षेत्रको सोमबार शिलान्यास गरिएको हो ।

२९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य सुरु हुने र पछि १ हजार बिघामा विस्तार हुने बेदकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, सालको पुनर्उत्पादित क्षेत्र र जङ्गली जनावरको हिँडडुल गर्ने बाटो भएको भन्दै प्रस्तावित औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने राय वन कार्यालयले दिएको थियो । तर, वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग सबै प्रमाणसहित पेस गर्दा मन्त्रालय स्तरबाटै सकारात्मक कुरा आएपछि ईआईए स्वीकृति भएको मेयर चन्दले बताउनुभयो ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक दुई लाख बजेट विनियोजन गरेको थियो । घोषणाको २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास भएपछि स्थानीय उत्साहित छन् ।

नौँ अर्बको लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी औद्योगिक क्षेत्रको निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि यसै बर्ष वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएको थियो ।

औद्योगिक क्षेत्र स्थापना भए २२ हजार जनाले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजगारी पाउने दावी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।