अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतबाट रारा जाँदै गरेको हाइलक्स दुर्घटना, तीन यात्रुको मृत्यु

सुर्खेतबाट रारा जाँदै गरेको हाइलक्स दुर्घटना, तीन यात्रुको मृत्यु


मुगु-सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आइतबार मुगुको छायानाथ रारा नगरपालिका-७ टोप्लास्थित कच्ची सडक खण्डमा बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। प्रहरीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिब ४०० देखि ६०० मिटर तल खसेको हो।

दुर्घटनामा काठमाडौंको कलंकी निवासी विजय बस्नेत, रमेश बिडारी र पूर्णकुमार थापाको मृत्यु भएको छ। घाइते हुनेमा ललितपुर महानगरपालिका-१५ निवासी अञ्जु थापा र कञ्चन थापा रहेका छन्। कञ्चनले गाडी चलाइरहेका थिए।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मुगु र ताल्चास्थित विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोली तथा स्थानीय बासिन्दाले उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल मुगु पुर्‍याएका थिए। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही जिल्ला अस्पताल मुगु पुगेर घटनाको विस्तृत जानकारी लिएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।