अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले फागुन १४ गते सुर्खेतमा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले फागुन १४ गते सुर्खेतमा सम्बोधन गर्नुहुने


सुर्खेत- प्रधानमन्त्री एवम् संस्थापन नेकपाका अध्यक्ष केपी शर्मा ओली आउँदो शुक्रबार अर्थात फागुन १४ गते सुर्खेत आउनुहुने भएको छ ।

पार्टी प्रदेश कमिटीको आयोजनामा हुन गइरहेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शुक्रबार सुर्खेत आउनुहुने भएको हो ।

प्रधानमन्त्री ओली सुर्खेत आउनु हुने भएपछि कार्यक्रमलाई सफल पार्न तयारी तीव्र पारिएको छ । ४ गते दिउँसो १२ बजेदेखि प्रदेशको सामाजिक विकास मन्त्रालयभन्दा पछिको खुला मैदानमा कार्यक्रम स्थान तोकिएको छ ।

जनसभामा उपस्थितिको लागि कर्णालीवासीलाई आह्वानसमेत गरिएको जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहनमाया ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापापनि सुर्खेत आउनु हुने छ । जनसभामा ५० हजारभन्दा बढी सर्वसाधरण तथा कार्यकर्तालाई उतार्ने संयोजक ढकालले बताउनुभयो ।