अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय सरकारको क्रियाशिलता महत्वपूर्ण : मुख्यमन्त्री पौडेल

स्थानीय सरकारको क्रियाशिलता महत्वपूर्ण : मुख्यमन्त्री पौडेल


चितवन- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समग्र मुलुकको समृद्धिका लागि स्थानीय सरकारको क्रियाशिलता आवश्यक रहेको बताउनुभएको छ ।

चितवनमा आज आयोजित बालअधिकार सुनिश्चिततासम्बन्धी प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको समृद्धिका लागि स्थानीय तह जिम्मेवार र क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले नीति बनाउने र अन्य सहयोग गर्ने भए पनि कार्यान्वयन गर्ने स्थानीय तह नै भएकाले स्थानीय सरकार क्रियाशिल हुन जरुरी रहेको बताउनुभयो । उहाँले कार्यान्वयन गर्ने निकाय जिम्मेवार नबनेसम्म कुनै पनि कुरामा सफलता प्राप्त गर्न नसकिने हुँदा केन्द्र सरकारले पनि यसलाई बुझेको बताउनुभयो ।

स्थानीय सरकारले कोभिड-१९ महामारीका बेला खेलेको भूमिकाले पनि यसलाई पुष्टि गरेको उहाँको भनाइ थियो । स्थानीय सरकार जिम्मेवार नबनेसम्म सिङ्गो मुलुकको विकास हुन नसक्ने भन्दै स्थानीय सरकारको क्रियाशिलताले नै मुलुकलाई अगाडि बढाउन सकिने तथा समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा बालबालिकासम्बन्धी ऐन, २०७५ मा भएका व्यवस्था स्थानीय तहमा कार्यान्वयनका लागि तीन बुँदे प्रतिबद्धता जारी गरिएको छ ।