अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोकको भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्रीलाई भेट्न राजदूत भोक बालुवाटार आएकी हुन् । भेटमा द्वीपक्षीय हित, अष्ट्रेलियाले नेपालमा सञ्चालन गरेका परियोजना आदिका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समेत राजदुत भोकले चासो राख्नुभएको थियो ।