अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा हिक्मत कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता

कोशीमा हिक्मत कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता


काठमाडौं-कोशी प्रदेशमा हिक्मतकुमार कार्की कै नेतृत्वमा प्रदेश सरकारले निरन्तरता पाउने भएको छ।

साउन २० गते बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलपछि कार्की नेतृत्वकै सरकारले आगामी दिनमा पनि निरन्तरता पाउने सहमति भएको हो।

प्रदेश सरकारका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफल भएको थियो।

छलफलमा कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन नगरी मुख्यमन्त्री कार्कीकै नेतृत्वलाई निरन्तरता दिने समझदारी बनेको स्रोतले जनाएको छ। साथै, उपयुक्त समयमा पार्टी अध्यक्ष ओलीले औपचारिक निर्णय लिने र सोही निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको बताइएको छ।

यससँगै कोशी प्रदेशमा सरकार परिवर्तनको चर्चाबीच मुख्यमन्त्री कार्कीकै नेतृत्वमा सरकार निरन्तर रहने लगभग निश्चित भएको छ।