अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास

प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास


पोखरा- गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरिएको छ । प्रतिष्ठानको शिलान्यास आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो ।

सोमबार पोखरा सभागृहमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउनुभएका ओलीले केही बेरअघि प्रतिष्ठानको शिलान्यास गर्नुभएको हो ।

पोखरा १ नदीपुरमा ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा ३३ कोठाको प्रतिष्ठान निर्माण गरिने छ । ३३ करोड २१ लाख लागत अनुमान रहेको प्रदेशसभासँगै निर्माण हुने सो भवनमा बहुउद्देश्यीय बैठक कक्ष, क्लास रुम, डाइनिङ हल, पार्किङको सुविधा हुनेछ ।