अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको निर्णय देशको स्थायीत्वको पक्षमा छैन : गृहमन्त्री थापा

सर्वोच्चको निर्णय देशको स्थायीत्वको पक्षमा छैन : गृहमन्त्री थापा


पोखरा- गृहमन्त्री रामबहादुर थापा (बादल)लले सर्वोच्च अदालतको संसद पुर्नस्थापना गर्ने फैसलाले देश अस्थिरतातिर धकेलिएको बताउनुभएको छ ।

आज पोखरामा नेकपाको गण्डकी प्रदेश स्तरीय भेलामा उहाँले अदालतको निर्णय देशको स्थायीत्वको पक्षमा नरहेको बताउनुभएको हो ।

‘अदालतको फैसलालाई स्वीकार गर्छौँ । अदालतको निर्णय मान्दामान्दै पनि यो निर्णयले देश अस्थिरतातिर भने धकेलेको छ,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘अदालतको निर्णय देशको स्थायीत्वको पक्षमा छैन ।’

उहाँले अदालतको निर्णयपछि नयाँ परिस्थिति सिर्जना भएको बताउनुभयो । गृहमन्त्री थापाले अब सडकभन्दा पनि सदनको मोर्चामा संघर्ष केन्द्रित गर्नुपर्ने समय आएको बताउनुभयो ।

‘अदालतको निर्णयपछि नयाँ परिस्थिति सिर्जना भएको छ । अब सदनको मोर्चामा संघर्ष केन्द्रित गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एकथरी पक्षले सरकारलाई अपदस्त गर्ने प्रयास गरिरहेको छ । त्यसकारण अब नयाँ ढंग र जोशका निम्ति अगाडि बढ्न आवश्यक छ ।’

उहाँले प्रचण्ड-नेपाल समूहलाई आफ्ना गल्ती सच्याउँदै संस्थापन नेकपामै फर्कन पनि आग्रह गर्नुभयो ।