अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव समूहका नेता शाक्य संस्थापन नेकपामा प्रवेश

विप्लव समूहका नेता शाक्य संस्थापन नेकपामा प्रवेश


पोखरा- नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता बाबुलाल शाक्य संस्थापन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ ।

विप्लव समूहका विशेष जिल्ला कमिटी सदस्यसमेत रहनुभएका शाक्य नेकपा नेकपाको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलाका क्रममा पार्टी प्रवेश गर्नुभएको हो । सो क्रममा सम्बोधन गर्दै उहाँले आफू मुल घरमा आएको अनुभूति भएको बताउनुभयो ।

सो क्रममा विप्लव समूहसहित कांग्रेस र जनता समाजवादी पार्टी परित्याग गरेर पनि दर्जनौं नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।

उहाँहरूलाई गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री पद्मा अर्याललगायतले अबिर र माला लगाएर स्वागत गर्नुभएको थियो ।