अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी ठीक ढंगले अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली

पार्टी ठीक ढंगले अगाडि बढिरहेको छ : प्रधानमन्त्री ओली


पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी ठीक ढंगले अगाडि बढिरहेको बताउनुभएको छ ।

आज पोखरामा नेकपाको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार असफल बनाउन देशीविदेशी शक्ति सक्रिय भए पनि पार्टी र सरकार सही ढंगले अगाडि बढिरहेको बताउनुभएको हो ।

आफूरू सही बाटोबाट हिँहिडरहेको उहाँले बताउनुभयो ।

साथै, प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताउनुभयो । ‘ममाथि कसैले शारिरिक हमाल वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘तर त्यस्तो हुन दिइने छैन । म नभएपछि देश अघि बढ्छ मेरो पार्टी रहन्छ । ’