अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘राष्ट्रियताको सवालमा लाग्दा देशका केही शत्रुहरू विरुद्धमा लागे’

‘राष्ट्रियताको सवालमा लाग्दा देशका केही शत्रुहरू विरुद्धमा लागे’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सवालमा दृढताका लागिपर्ने बताउनुभएको छ । आफूहरूले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउनुहुँदै उहाँले राष्ट्रिय हितको रक्षा गर्ने बताउनुभएको हो ।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय नेकपा भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ, त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौ ।’

उहाँले राष्ट्रियताको सवालमा आफूहरू एकजुट हुन खोज्दा केही देशका श​त्रुहरू यसविरुद्ध लागि परेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताउनुभयो ।

साथै, प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताउनुभयो । ‘ममाथि कसैले शारिरिक हमाल वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘तर त्यस्तो हुन दिइने छैन । म नभएपछि देश अघि बढ्छ मेरो पार्टी रहन्छ । ’