अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ममाथि निरन्तर हमला भइरहेको छ, मेरो ज्यान तलमाथि भए अन्यथा नमान्नुहोला : प्रधानमन्त्री ओली

ममाथि निरन्तर हमला भइरहेको छ, मेरो ज्यान तलमाथि भए अन्यथा नमान्नुहोला : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास देख्न नचाहने तत्व सक्रिय रहेको बताउनुभएको छ ।

आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले देशमा तीव्र गतिमा विकास भइरहेकाले त्यसलाई देख्न नसक्ने तत्व सक्रिय रहेको बताउनुभयो ।

देशका लागि तीव्र काम गरिरहेकाले आफूमाथि हमलासमेत भइरहेको उहाँले बताउनुभयो ।

‘कुनै दिन ममाथि शारीरिक हमला भयो र ज्यान तलमाथि भएमा अनौठो नमान्नुहोला,’ उहाँले भन्नुभयो, ‘म रहिन भने पनि केही छैन । हाम्रो आन्दोलन छ । यो आन्दोलनले प्रतिक्रियावादी तत्त्वहरूसँग घुडाँ टेक्न हुँदैन ।’