अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा प्रवेश गर्दा माधव अहिले जस्तो खराब थिएनन् : प्रधानमन्त्री ओली

राजनीतिमा प्रवेश गर्दा माधव अहिले जस्तो खराब थिएनन् : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा प्रवेश गर्दा र अहिलेको माधवकुमार नेपाल धेरै फरक रहेको बताउनुभएको छ ।

आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले वि.सं. २०२९ सालमा राजनीतिमा प्रवेश गर्दा माधव अहिलेजस्तो खराब नरहेको बताउनुभयो ।

‘माधव नेपाललाई २०२९ साल चैतमा भेटेर ३० सालमा तपाईं पोलिटिक्समा लाग्नुपर्‍यो भनेर अनुरोध गरेको थिए,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँ अहिलेको जस्तो खराब हुनुहुँदैनथ्यो । त्यतिबेला देशमा राम्रो भए हुन्थ्यो भन्ने भावना बोक्नुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीलले अहिले माधव देश र पार्टीभन्दा पनि पदका लागि मात्र लागिरहनु भएकोसमेत बताउनुभयो ।

‘जसरी पनि अध्यक्ष र प्रधानमन्त्री पदको खोजीमा लाग्नुभएको छ, त्यो पनि उधारो हैन,’ उहाँले भन्नुभयो ।