अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा


ताप्लेजुङ- ताप्लेजुङको दोभान बजारमा बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो १२ बजे नियन्त्रणमा आएको छ ।

स्थानीयबासी, सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी नियन्त्रणका लागि दमकलसमेत परिचालन गरिएको थियो ।

आगलागीबाट अहिलेसम्म ४७ घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।