अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीलाई छाड्ने कल्पना पनि गर्न सक्दिनँः किसान श्रेष्ठ

केपी ओलीलाई छाड्ने कल्पना पनि गर्न सक्दिनँः किसान श्रेष्ठ


काठमाडौं– नेकपाका नेता तथा तनहुँ १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफूले केपी शर्मा ओलीलाई नछाडेको स्पष्ट पार्नुभएको छ ।

तनहुँबाट नेपाली बहससँग कुरा गर्दै सांसद श्रेष्ठले भन्नुभयो, ‘मैले केपी ओलीलाई छाड्ने कुरा कल्पना पनि गर्न सक्दिनँ ।’

आफू स्थायी सरकार र पार्टी एकताकै पक्षमा रहेको बताउँदै श्रेष्ठले भन्नुभएको छ, ‘प्रतिनिधिसभाको पुनःस्थापनापछि अवको विवाद स्वभाविक रुपमा नेकपाको संसदीय दलमा प्रवेश गरेको र बहुमत प्राप्त दल भित्रैबाट प्रधानमन्त्री चयन हुने सन्दर्भमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा मलाई मात्रै हैन, सम्पूर्ण सांसदहरुलाई सम्माननीय प्रधानमन्त्री तथा श्रद्धेय पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का श्रद्धेय अध्यक्ष पुप्षकमल दाहाल प्रचण्डज्यू सहितका बरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा हो ।’

उहाँले समाचारमा भनेअनुसार यो वा त्यो समूहबाट मन्त्रीको आश्वासन पाएको भन्ने कुरामा कुनै विश्वसनीयता नभएको बताउनुभयो । ‘समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउँदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता जनाउँदछु ।’