अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवसँग वार्ता गर्न गृहमन्त्री नेतृत्वमा वार्ता टोली

विप्लवसँग वार्ता गर्न गृहमन्त्री नेतृत्वमा वार्ता टोली


काठमाडौं– सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघिमात्र विप्लवसँग छिट्टै वार्ता गर्ने जानकारी सार्वजनिक समारोहमा जानकारी गराउनुभएको थियो ।