अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छिट्टै फुसको छाना विस्थापित हुन्छन् : प्रधानमन्त्री ओली

छिट्टै फुसको छाना विस्थापित हुन्छन् : प्रधानमन्त्री ओली


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै फुसका छाना भएका घरहरू विस्थापित हुने बताउनुभएको छ । झापाको विर्तामोड-७ मा विपन्न परिवारका लागि निर्माण गरिएका ३७ घर हस्तान्तरण गर्नुहुँदै उहाँले अब फुसका छाना विस्थापित गरिने बताउनुभएको हो ।

‘हामी फुसका छानालाई टिनका छानाबाट विस्थापित गर्दैछौँ, यो अभियान देशभर नै सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘लाखौँ जनतालाई घर बनाइदिएका छौँ ।’