अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारसँग वार्ताका लागि विप्लव समूहद्वारा प्रकाण्डको नेतृत्वमा टोली गठन

सरकारसँग वार्ताका लागि विप्लव समूहद्वारा प्रकाण्डको नेतृत्वमा टोली गठन


काठमाडौं- सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले दुई सदस्यीय टोली गठन गरेको छ । ‘विप्लव’ समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो ।

सरकारले पनि आज नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य हुनुहुन्छ।

मंगलबार सरकारका प्रवक्तासमेत हरनुभएका सञ्चारमन्त्री पार्वत गुरुङले विप्लव समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताउनुभएको थियो ।