अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा दोभान बस्ती आगलागी घटनाप्रति दुःख व्यक्त, पीडितलाई तत्काल राहत वितरण गर्ने घोषणा

प्रधानमन्त्रीद्वारा दोभान बस्ती आगलागी घटनाप्रति दुःख व्यक्त, पीडितलाई तत्काल राहत वितरण गर्ने घोषणा


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले आगलागीबाट पीडित ताप्लेजुङको दोभान बस्ती बासिन्दाले तत्काल राहत पाउने बताउनु भएको छ ।

झापाको विर्तामोडमा आयोजना गरिएको विपन्न परिवारको लागि घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै उहाँले आगलागीको घटनाले आफू दुखी भएको र पीडितले तत्काल राहत उपलब्ध गराउने बताउनुभयो ।

‘भर्खरै मैले ताप्लजुङको दोभान गाउँमा भिषण आगलागी भएर ५१ घर नष्ट भएको भन्ने सुनें । यो दुःखद कुरा हो । हाम्रा सुरक्षाकर्मी त्यहाँ पुगिसकेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आगो निभाइसकिएको छ । राहत उपलब्ध गर्ने र पुनर्निमाण गर्ने कुरामा सरकार तत्काल लाग्छ ।’

ताप्लेजुङको दोभान बजारमा बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो १२ बजेपछि नियन्त्रणमा आएको थियो । आगलागीबाट ५१ घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।