अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति


काठमाडौं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको हो ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्नु हुने भएको छ ।

प्रधानमन्त्री ओली र विप्लवले शुक्रबार दिउँसो २ बजे विशेष समारोहलाई सम्बोधन गर्न लाग्नुभएको हो । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने कार्यक्रम रहेको छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

सरकारले हत्या हिंसामा लागेको भन्दै विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति :