अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केही पिलोहरू निचोरिएर जाँदैमा चिन्ता गर्नु पर्दैन’

‘केही पिलोहरू निचोरिएर जाँदैमा चिन्ता गर्नु पर्दैन’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अझै बलियो हुने बताउनु भएको छ । बिहीबार सुनकोशी-मरिन डाइभर्सन बुहउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले केही मान्छे पार्टी छाडेर गए पनि पार्टी थप बलियो र मजबुद हुने बताउनु भएको हो ।

‘केही पिलोहरू उछिट्एर जान्छन्, निचोरिएर जान्छन्,’ उहाँले भन्नुभयो, ‘तपाईंहरूलाई अहिले राजनीतिबारे चिन्ता होला, अब चिन्ता गर्नु पर्दैन ।’

उहाँले केही व्यक्ति पार्टीबाट बाहिरिए पनि त्योभन्दा बढी संख्यामा भित्रिनेसमेत दाबी गर्नुभयो । ‘हुर्काएको बिरुवालाई हावाहुरी आएर भाँची दिन्छ, तर फेरि पलाउँछ । कहिलेकाहीँ पहिरोले पर्खाल भत्काइदिन सक्छ, तर हामी फेरि बनाउँछौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी अहिले एउटा ढल्यो भने सय, सय ढल्यो भने हजार भएर निस्किन्छौँ । चिन्ता गर्नुपर्दैन ।’