अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल समूहलाई पनि निमन्त्रणा

नेकपाले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल समूहलाई पनि निमन्त्रणा


काठमाडौं- संस्थापन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताउनुभयो ।

उनका अनुसार प्रचण्ड-नेपाल पक्ष समूहका सांसदलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरिएको छ ।