अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु


कञ्चनपुर- जिल्लामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले बेलौरी नगरपालिका–७ पौलाहामा चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको हो ।

नेपाल-भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्करहरूको समूहले गोली चलाएपछि जवाफी फायरिङमा एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक भारत उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह हुन् । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा चार जनाको समूहमा रहेका तस्करहरूको समूहले प्रहरीमाथि गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाका अनुसार गस्तीमा रहेका एक प्रहरी सामान्य घाइते भएका छन् ।