अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा


काठमाडौं- दुई वर्षदेखि भूमिगत रहनुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट बालुवाटार जानुभएको छ । उहाँ काठमाडौं पुगेलगत्तै प्रधानमन्त्री भेट्ट बालुवाटार जानुभएको हो ।

सरकारले पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएसँगै विप्लव राष्ट्रियसभाबाट आज सार्वजनिक हुनु हुँदैछ ।

सरकार र विप्लवबीच सहमतिका विषय बुँदागत रूपमा नखुलाइए पनि त्यसको विस्तृत विवरण शुक्रबार प्रधानमन्त्री ओली र विप्लव दुवै नेताले एकै मञ्चबाट सम्बोधन गरी सार्वजनिक गर्ने कार्यक्रम बनेको छ ।

राष्ट्रियसभागृहमा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भूमिगत नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।