अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवले भेट्नुभयो आफ्नो समूहका वार्ता टोलीका सदस्य

विप्लवले भेट्नुभयो आफ्नो समूहका वार्ता टोलीका सदस्य


काठमाडौं- दुई वर्षको भूमिगत जीवनबाट शुक्रबार सार्वजनिक हुनुभएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफ्नो वार्ता टोलीका सदस्यलाई भेट्नु भएको छ ।

सरकार र आफ्नो टोलीबीचको हस्ताक्षर समारोह सुरु हुनुअघि विप्लवले वार्ता टोलीमा रहनुभएका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र उदय चलाउनेलाई भेट्नु भएको हो । भेटमा आज हिरासतबाट रिहा हुनुभएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी हुनुहुन्थ्यो ।

विप्लव सरकारसँगको तीन बुँदे हस्ताक्षर कार्यक्रममा सहभागी हुनका लागि शुक्रबार नवलपरासीबाट गाडी चढेर काठमाडौं आउनु भएको हो ।

राष्ट्रियसभागृहमा दिउँसो २ बजे हुने हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।