अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार र विप्लव समूहबीचको तीन बुँदे सहमतिमा हस्ताक्षर

सरकार र विप्लव समूहबीचको तीन बुँदे सहमतिमा हस्ताक्षर


काठमाडौं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच ३ बुँदे सहमति भएको छ ।

आज राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा (बादल) र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले हस्ताक्षर गर्नु भएको हो ।

दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेका छन् ।