अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छैनौँ : प्रधानमन्त्री ओली

हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छैनौँ : प्रधानमन्त्री ओली


काठमाडौं-  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपाले कसैलाई पनि प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनुभएको छ ।

राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हामी कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका पनि छैनौँ, राख्नेवाला पनि छैनौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

साथै, उहाँले माधव-प्रचण्डको समूह देखेर अचम्म लाग्ने गरेको समेत बताउनुभयो । आफ्नो दुई तिहाई छोडेर अन्तै प्रधानमन्त्रीको पद खाइदिनुस् न भनेर जाने प्रचण्ड-नेपालको बानीले आफू अचम्ममा परेको उहाँले बताउनुभयो ।

‘मलाई उहाँहरू देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । उहाँहरू त्यस्तै हो,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘अम्म के लाग्छ भने यति साह्रो, यति नग्नताको पनि यो हद । आफ्नो दुई तिहाइ फोडेर छोड्ने, भाँडेर छोड्ने, भत्काएर छोड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने, किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस्न खाइदिनुस् भनेर अन्त जाने । अन्त प्रधानमन्त्री खाइदिनुस् न भनेर जाने ।’