अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले जनताका अधुरो सपना पूरा गर्छ : मन्त्री गुरुङ

वर्तमान सरकारले जनताका अधुरो सपना पूरा गर्छ : मन्त्री गुरुङ


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताउनुभएको छ ।

यहाँ आज दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा खलः) ले आयोजना गरेको कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले यही सरकार नै देशको आर्थिक उन्नति र विकास गर्न सक्षम भएको स्पष्ट पार्नुभयो ।

सरकारका प्रवक्ता गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँगको सहमति सकारात्मक रहेको भन्दै देशमा अब शान्ति कायम भएको बताउनुभयो ।

सो संस्थाका अध्यक्ष कलावती श्रेष्ठले विश्वभरी फैलिएको कोरोना महामारीको समयमा आफ्नो संस्थाले १३३ परिवारलाई खाद्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्तै सहयोगी कामलाई निरन्तरता दिने बताउनुभयो ।

चौध वर्षअघि स्थापना भएको सो संस्थाले विभिन्न कारण पीडामा परेकालाई सहयोग र साथ दिँदै आएको छ । हालसम्म संस्थाले एक सयभन्दा बढी पीडामा परेकालाई उद्धार गरी सम्बन्धित संस्थामा बुझाएको र हाल तीन जना ज्येष्ठ नागरिकलाई संस्थाले संरक्षण गरिरहेको छ ।