अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक शनिबार पनि बस्ने

एमाले स्थायी कमिटी बैठक शनिबार पनि बस्ने


काठमाडौं-नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबार पनि बस्ने भएको छ। बिहीबारदेखि सुरु भएको बैठकमा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्नेछ।

शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका स्थायी कमिटी, केन्द्रीय कमिटी तथा मनोनयन हुने सदस्यहरूका विषयमा थप छलफल भएको थियो। ती विषयमा आवश्यक छलफल गरी निर्णयमा पुग्ने उद्देश्यले बैठक शनिबारसम्मका लागि स्थगित गरिएको हो।

एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा सदस्य मनोनयन गर्न तथा विभिन्न विभागसहित पार्टीका अन्य कमिटीलाई पूर्णता दिन बाँकी छ। शनिबारको बैठकमा यी विषयमा छलफल गर्दै निर्णयमा पुग्ने तयारी गरिएको छ।