अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नम्बर १ मा शेरधन सुरक्षित, पूर्वमाओवादीका शीर्ष नेताले नै प्रचण्ड–माधव समूह त्यागे

प्रदेश नम्बर १ मा शेरधन सुरक्षित, पूर्वमाओवादीका शीर्ष नेताले नै प्रचण्ड–माधव समूह त्यागे


विराटनगर– शेरधन राई सरकार ढाल्न कसरत गरिरहेको प्रदेश नम्बर १ मा नयाँ समीकरण बनेको छ ।

राज्यमन्त्रीसहित पाँच सांसदले प्रचण्ड–माधव समूह छाडेको केही दिनमै पूर्वमाओवादीका शीर्ष नेता नै शेरधनको पक्षमा उभिएका छन् । यो सँगै शेरधन सरकार सुरक्षित भएको छ । पछिल्लोपटक नेकपा प्रदेश १ संसदीय दलका उपनेता टंक आङबोहाङ मुख्यमन्त्री राईतिर लागेका छन् । आङबोहाङ नेकपा प्रचण्ड–नेपाल समूहमा थिए । तत्कालीन एकीकृत नेकपा माओवादी हुँदा उनी प्रचण्डनिकट नेता मानिन्थे ।

संस्थापनमा लाग्नेमा आङबोहाङ मात्र नभएर प्रचण्ड–नेपाल समूहका ६ जना सांसद छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेसँगै राजीनामा दिएकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अविश्वास प्रस्तावबाट आफ्नो समर्थन फिर्ता लिएकी थिइन् । त्यससँगै प्रचण्ड–नेपाल समूह छाड्ने सांसदको संख्या थपिने क्रम सुरु भएको थियो ।

पहिले पार्टी विभाजन अनुचित भएको र आफूहरु एक गर्न सक्रिय हुने आशयको अभिव्यक्ति दिएका झापाका प्रदेशसभा सदस्य श्रीप्रसाद मौनाली र गोपाल बुढाथोकी पछि ओली समूहतिरै खुले । उदयपुरकी कला घले र मोरङकी वसन्तीदेवी यादव पनि प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहतिर आए । अब मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गर्ने सांसदको संख्या ३७ बाट घटेर ३१ पुगेको छ ।