अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेरधनको पक्षमा उभिनुभएका आङबुहाङ भन्नुहुन्छ– नेकपाको बहुमत हुँदाहुँदै किन कांग्रेसलाई दिने ?

शेरधनको पक्षमा उभिनुभएका आङबुहाङ भन्नुहुन्छ– नेकपाको बहुमत हुँदाहुँदै किन कांग्रेसलाई दिने ?


विराटनगर– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं १ को संसदीय दलका उपनेता टंक आङबुहाङले नेकपाकोे जनमत हुँदाहुँदै कांग्रेसलाई नेतृत्व दिन नसकिने बताउनुभएको छ ।

मूख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका आङबुहाङले शनिबार साँझ देखि उक्त समूह त्यागेर संस्थापन नेकपालाई सघाउने चर्चा चुलिएको छ । आङबुहाङले पार्टी एकता जोगाउनु अहिलेको आवश्यकता भएकोले आफू शुक्रबारको निर्णयबाट पछि हटेकोे बताउनुभयो । ‘प्रदेशसभामा ९३ जना सांसदमध्ये ६७ जना नेकपाको सरकारका पक्षमा छौं । तर, हामीले नै कांग्रेसलाई बोकेर हिड्ने अवस्था आउनु दुखद् हो,’ आङबुहाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘जनताले पाँच वर्ष नेकपालाई सरकार सञ्चालनको जिम्मा दिएका हुन् । हाम्रो इगोले जनमतको अपमान हुनुहुँदैन भन्ने मान्यतामा म छु ।’ उहाँले नेकपाको स्पष्ट बहुमत हुँदाहुंदै कांग्रेसको साहारा लिने अवस्थामा पुग्नु दुखद् भएकोले आफू नेकपाकै सरकार बचाउन लागेको बताउनुभयो ।

पार्टी एकताका लागि दोस्रो र तेस्रो तहका नेताहरुको महत्वपूर्ण भूमिका हुने आङबुहाङको भनाइ छ । ‘पहिलो पुस्ताका नेताको विवाद र पदीय आकांक्षाले नेकपा धरासायी बनेको हो,’ आङबुहाङले भन्नुभयो ‘अहिले पदको आकांक्षामा फार्टी फोड्ने होइन । जनमतको सम्मान गरेर जाने समय हो ।’