अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

खानेपानी मन्त्री मणि थापा माओवादीमा नजाने, भन्नुहुन्छ– पद छाड्छु, ओली छाड्दिन

खानेपानी मन्त्री मणि थापा माओवादीमा नजाने, भन्नुहुन्छ– पद छाड्छु, ओली छाड्दिन


काठमाडौं– खानेपानी मन्त्री मणि थापाले माओवादी केन्द्र छाड्ने बताउनुभएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै नेकपाबाट माओवादी केन्द्रका नेतामा परिणत भएका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने घोषणा गर्नुभएको छ ।

माओवादीका नेताहरु गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा तामाङले भने औपचारिक धारणा सार्वजनिक गर्नु भएको छैन ।

थापाले पदका लागि ओलीलाई साथ नदिएको भन्दै देश बनाउने सहि विचार, सिद्धान्त र कम्युनिष्ट आन्दोलन लागि साथमा उभिएको बताउनभयो ।

सर्वोच्च अदालतको फैसला आएपछि प्रधानमन्त्री ओलीले एमालेका केही नेतासहित उहाहरुसँग सामूहिक छलफल गर्नुभएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले पहिला उहाँहरुको विचार सुन्नु भएको थियो । सबै नेताहरुले अब एमालेमै रहने घोषणा गर्नुभएको थियो ।