अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रमा कुनै हालतमा फर्कदैनौँ : मन्त्री रायमाझी

माओवादी केन्द्रमा कुनै हालतमा फर्कदैनौँ : मन्त्री रायमाझी


काठमाडौं- नेकपा एमालेका नवमनोनित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पार्नु भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले आफूहरूको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै हालतमा नछाड्ने स्पष्ट पर्नु भएको हो । उहाँले भन्नुभयो, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन् ।’

मन्त्री रायमाझीले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिनुभयो । उहाँले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गर्नुभयो ।

मन्त्री रायमाझीले अब आफूहरू कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने समेत दाबी गर्नुभयो ।