अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा संवादहीनता तोडियो, अध्यक्ष ओली र नेता नेपालबीच धुम्बाराहीमा वार्ता हुँदै

एमालेमा संवादहीनता तोडियो, अध्यक्ष ओली र नेता नेपालबीच धुम्बाराहीमा वार्ता हुँदै


काठमाडौं– पुस ५ गतेदेखि शक्ति संघर्षमा रहेको नेकपा एमालेको दुई समूहबीच संवादहीनता तोडिने भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपाल पक्षबीच आज पार्टी कार्यालय धुम्बारहीमा भेट हुने भएको छ । बिहान ११ बजे दुवै नेता आफ्नो समूहसहित पार्टी कार्यालय आउने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनुहुनेछ ।

नेपाल समूहबाट वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल सहभागी हुनेछन् । त्यसबाहेक सम्भवतः सुरेन्द्र पाण्डे, बेदुराम भूसाल, भीम रावल र रघुजी पन्तमध्ये दुई जना सहभागी हुनेछन् । नेपाल पक्षको बैठक बानेश्वरमा जारी रहेकाले वार्तामा जाने टिम तय नभएको हो ।