अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल पक्षसँग भेटवार्ता गर्न प्रधानमन्त्री धुम्बाराहीमा

नेपाल पक्षसँग भेटवार्ता गर्न प्रधानमन्त्री धुम्बाराहीमा


काठमाडौं- नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षसँग भेटवार्ताका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय धुम्बाराहीमा पुग्नु भएको छ ।

उहाँसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि धुम्बाराही पुग्नु भएको हो ।

नेपाल पक्षबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि धुम्बाराही पुगिसक्नु भएको हो ।