अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धुम्बाराहीमा प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच छलफल सुरू

धुम्बाराहीमा प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच छलफल सुरू


काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । दुवै पक्षबीचको छलफल पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको हो ।

छलफलमा प्रधानमन्त्रीको पक्षबाट अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङ तथा नेपाल पक्षबाट माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, धनश्याम भुसाललगायत हुनुहुन्छ ।

छलफलमा संसद् पुनःस्थापनापछि पार्टी अध्यक्ष ओली र नेपाल पक्षबीच बढेको तिक्तता तथा २३ फाुगनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताउने निर्णय गरेपछिको अवस्थामा बारेमा कुराकानी हुँदैछ ।