अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चैत ६ गते बस्ने गरी प्रतिधिनिसभा बैठक स्थगित

चैत ६ गते बस्ने गरी प्रतिधिनिसभा बैठक स्थगित


काठमाडौं- चैत ६ गते बस्ने गरी आजको प्रतिधिनिसभा बैठक स्थगित गरिएको छ ।

बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र पूर्व संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।

यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । उहाँको २०७७ माघ १ गते निधन भएको थियो । यादव पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री पनि हुनुहुन्थ्यो ।

यसअघि फागुन २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जसपाका सांसदहरुले विरोध जनाएका थिए । विरोधकै बीच शोक प्रस्तावपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए ।

अर्को प्रतिनिधिसभा बैठक चैत ६ गते बस्ने सभामुख सापकोटाले बताउनुभयो ।