अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बोलाइयो

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बोलाइयो


विराटनगर- प्रदेश १ को प्रदेशसभा बैठक सोमबार आह्वान गरिएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार गत चैत १ गते स्थगित भएको बैठक सोमबार दिउँसो २ बजे आह्वान गरिएको हो ।

आइतबार एक सूचना प्रकाशित गरी प्रदेशसभा सचिवालयले बैठकबारे जानकारी दिएको सचिव पराजुलीलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै स्थगित गरिएको थियो ।

अब भने एमाले सांसदहरूले मुख्यमन्त्री राईविरुद्धको अविश्वास फिर्ता लिने भएका छन् ।